बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

झण्डै २४ लाख कित्ता आईपीओ जारी गर्दै डिसहोम


  • बिहिबार, जेष्ठ २० २०७८
15.1K
SHARES

फाइल तस्विर

डीस होम २०१७ मा पव्लिक कम्पनीमा भएपछि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सर्वसाधारणका लागि सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले छिट्टै नै आइपीओ जारी गर्ने जनाएको छ ।

५८ एचडी र १४९ एसडी च्यानल गरी २०७ टेलिभिजन च्यानल डीस होमले ग्राहकलाई बितरण गर्दै आएको छ । यसका साथै कम्पनीले ७० वटा प्रिमियम च्यानल र आफ्नै १६ वटा आफ्नै च्यानल समेत प्रसारण गर्दै आएको छ ।

११ लाख ग्राहक रहेको डिसहोमले ग्रामिणस्तरसम्म स्याटालाइटमार्फत् इन्टरनेट पुर्‍याउने तयारीसमेत अगाडि बढाइरहेको छ ।
२०१८ मा ३ अर्ब ९५ करोड, २०१९ मा ४ अर्ब २५ करोड र गत वर्ष ५ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले पछिल्ला तीन वर्षमा औषत ३० प्रतिशतका दरले आम्दानी बृद्धि गरेको छ । आम्दानी बढ्दै जाँदा डिसहोमले ऋण भने घटाउँदै लगेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा ७ करोड ८० लाख रुपैयाँ ऋण घटाएर कुल ऋण २ अर्ब २४ करोड ५० लाख पुर्‍याएको छ ।

२०२० मा ग्राहकको संख्या ४.०४ प्रतिशतले बढाएको कम्पनीको सब्सक्रिप्सनबाट हुने आम्दानी २४.४९ प्रतिशत पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा