नेकपा एमालेले अवैध बैठकमा सहभागी नहुँन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेको छ ।
पार्टीबाट निष्कान गरिएका माधव कुमार नेपाल पक्षधरले केन्द्रीय कमिटी बैठक डाकेपछि एक वक्तव्य जारी गर्दै कार्यालय सचिव शेरबहादुर तामाङले अवैध बैठकमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएका छन् ।
पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै उनले निन्दा र भर्त्सना गरेको जनाएका छन् ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।