शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चीनले बनाउँदै छ हाइपरसोनिक विमान, ध्वनिको गतिभन्दा ३० गुणा बढी रफ्तारमा उड्ने


  • बुधबार, जेष्ठ १९ २०७८
9.4K
SHARES

फाइल तस्विर

चीनले उड्ने हाइपरसोनिक विमानको परीक्षणका लागि एक हाइपरसोनिक टनेल बनाइरहेको छ । यो टनेलमा विमानको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात ३७ हजार १२ किलोमिटर प्रतिघण्टाको गतिमा हुने छ ।

चाइनिज एकेडेमी अफ साइन्सेन्जका शोधकर्ता हान गुइलईले एक अनलाइन लेक्चरमा भनेका छन्, ‘जे एफ–२२ टनेलमा विमानको परीक्षण ध्वनिको गतिभन्दा ३० गुणा बढी रफ्तारमा हुने छ । यसबाट चीन पश्चिमा देशहरुभन्दा २० देखि ३० वर्ष अगाडि हुने छ ।

साउथ चाइना मर्निङ पोष्टको रिपोर्ट अनुसार चीन, अमेरिका र रुसले मिसाइलसहित हाइपरसोनिक उडान प्रविधिको विकासमा ठूलो लगानी गर्दै आएका छन् । यो नयाँ प्रविधिबाट सुपरफास्ट जेट विमानमार्फत् विश्वको कुनै पनि देशमा दुई घण्टा वा त्योभन्दा कम समयमा उडान भर्न सम्भव हुन्छ ।

चीनको हाइपरसोनिक एजेन्सी इन्सटिच्युट अफ मेकानिक्ससँग काम गर्ने गुइलईका अनुसार यति छिटो गतिमा यात्रा गर्ने जेट विमान १० हजार डिग्री सेल्सियससम्म पुग्नसक्छ र हावाका अणु र परमाणुलाई पनि तोड्न सक्छ ।

उनले भनेका छन्, ‘यो हावा हावा हुनेछैन जसबाट हामी सास लिन्छौं । हामी जुन उड्ने विमानको अध्ययन गरिरहेका छौं, त्यो हिलोमा पौडिएजस्तो हो ।’

उनका अनुसार यान्त्रिक कम्प्रेसरको उपयोग गर्नुको साटो बेइजिङले उच्च गतिको वायु प्रवाह उत्पन्न गर्नका लागि रासायनिक विष्फोटको उपयोग गर्नेछ । जेएफ–२२ मा इन्धन एक नियमित ग्यास स्टोभको तुलनामा १० करोड गुणा बढी तेजले जल्दछ र त्यसको शक्तिबाट विमान चल्दछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा