जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।
तेस्रोपटक थपिएको निषेधाज्ञाको समय जेठ २० गते राति सकिने भएपछि प्रशासन कार्यालयले एक साता थप गरेको हो । प्रशासनले यसपटक थप गरेको निषेधाज्ञामा बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो पारिएको छ ।
यो साता सक्रिय संक्रमितको संख्यामा कमी आए अर्को पटकदेखि सल्लाह गरेर निषेधाज्ञालाई केही खुकुलो बनाउने तयारी प्रशासनको छ । जिल्लामा अहिले ४ हजार ८४५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा ४ हजार ६७९ जना छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।