बुधबार, असार ९ २०७८
ताजा अपडेट

एन प्याब्सन काठमाडौँद्धारा देशभरका प्रिन्सिललाई ‘फ्युज क्लासरुम’ तालिम


  • KTM Khabar
  • मंगलबार, जेष्ठ १८ २०७८
3.2K
SHARES

काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) काठमाडौँले देशभरका प्रिन्सिपलहरुको सहभागितामा ‘फ्युज क्लासरुम’ तालिम सम्पन्न गरेको छ ।
एन प्याब्सनमा आवद्ध विद्यालहरुका प्रिन्सिपल, स्कूल तथा शिक्षाकर्मीलाई फ्युज क्लासरुप बारे जानकारी प्रदान गर्न तालिम प्रदान गरिएको हो ।


मंगलबार जुम एपमार्फत गरिएको फ्युज क्लासरुम तालिममा ४ सयभन्दा बढी प्रिन्सिपलहरुले सहभागिता रहेको एन प्याब्सन काठमाडौँका अध्यक्ष खडक बस्नेतले केटिएम खबरलाई जानकारी दिए ।


तालिमलाई सम्वोधन गर्दै एन प्याब्सनका केन्द्रिय महासचिव सुवास न्यौपानेले समय सुहाउँदो डिजिटल विद्यालय निर्माणका लागि फ्यज क्लासरुम आवश्यक रहेको बताएका थिए ।


मुख्य वक्ताको रुपमा रेहेका फ्युज क्लासरुमका निर्देशक पराग श्रेष्ठले फ्युज क्लासरुम बारे जानकारी प्रदान गरेका थिए । श्रेष्ठ भन्छन्, शैक्षिक संस्थालाई डिजिटलमा रूपान्तरणका लागि फ्युज क्लासरुमको विकास गरेका हौँ । फ्युज क्लासरुमबाट लाइभ क्लास सञ्चालन सकिन्छ । यस्तै एड्मिसन गर्न, पाठयक्रम अनलाइनमा उपलब्ध गराउन, नयाँ कोर्ष श्रृजना गर्न, प्रशिक्षक तथा अन्य उपयोगी सामग्री खोजी, विद्यार्थीसँग कुराकानी गर्न, क्वीज तथा टेष्ट सञ्चालन गर्न, असाइन्मेन्ट तथा अन्य पाठ्यक्रम सामग्री फ्युज क्लासरुममा उपलब्ध गराउन सकिन्छ । यसमा विद्यार्थीको मानसिक स्वास्थ्य स्वास्थ्य र कोर्सको प्रगतिलाई ट्र्याक गर्न सहयोग गर्नुका साथै दिशानिर्देश गर्ने काम र विद्यार्थीको प्रोग्रेस मनिटर गर्नमा समेत सकिनेछ ।


बेलुका ४ बजेदेखि २ घण्टासम्म चलेको उक्त तालिम तथा अन्तर–सम्वाद कार्यक्रमलाई एन प्याब्सन काठमाडौँका सचिव अमृत खड्का सञ्चालन गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा