बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

सिजीको मासिक ९९९ रुपैयाँमा १२० एमबीपिएसको इन्टरनेट


  • मंगलबार, जेष्ठ १८ २०७८
16.3K
SHARES

फाइल तस्विर

चौधरी ग्रुप(सिजी) अन्तर्गतको सिजी कम्युनिकेशनले इन्टरनेट सेवा सुरु गरेको छ। सिजीका एमडीसमेत रहेका निर्वान चौधरीले आजदेखि सिजी नेटको सेवा सुरु भएको जानकारी दिएका छन्।

द्रुत गतिको इन्टरनेट सस्तो मूल्यमा दिन तत्पर रहेको कम्पनीले जानकारी दिएको छ।

सेवा सुरुको अवसरमा कम्पनीले १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको छ। सिजीनेटले विभिन्न प्याकेज सुविधा दिएको छ। ३, ६ र १२ महिनाका लागि प्याकेज सार्वजनिक गरेको छ।

सुरुमा जडान गर्दा पनि कम्पनीले जडान शुल्क तथा तारलाई निशुल्क गरिएको जानकारी दिएको छ।

सिजीनेटको सेवा अहिले काठमाडौं उपत्यका भित्रका सिमित ठाउँमा रहेको छ। आगामी दिनमा सेवा विस्तार गर्दै जाने कम्पनीले जानकारी दिएको छ।

तत्कालका लागि कुमारीपाटी,जावलाखेल र इमाडोलमा सर्भिस सेन्टर रहेका छन्। कम्पनीमा सिधै वा सेवा केन्द्रबाट जडान सम्बन्धी जानकारी लिन सकिने छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा