शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हुरीले पोल ढालेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध


  • मंगलबार, जेष्ठ १८ २०७८
14.8K
SHARES

मंगलबार बिहान आएको हावाहुरीका कारण ठाउँ–ठाउँमा पोल भाँचिएर ढलेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध भएको छ ।

प्रदेशको अस्थायी राजधानी धनगढीसहित महेन्द्रनगर, टीकापुर, लम्किचुहा, झलारी लगायतका मुख्य शहर क्षेत्र र ग्रामीण भेगमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।

प्रादेशिक कार्यालयका प्रमुख जोशीले कतिपय ठाउँमा रूख ढलेर तार चुडिएको बताउँदै अधिकांश स्थानमा सिमेन्टका पोल भाँचिएकाले विद्युत आपूर्ति ठप्प भएको जानकारी दिए ।

दुवै जिल्लामा लाइन मर्मत सम्भारका लागि प्राविधिक टोली खटाए पनि सीमित जनशक्ति हुँदा सेवा सुचारू गर्न केही समय लाग्ने उनले बताए । हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा