शनिबार, साउन ९ २०८३
ताजा अपडेट

थाइल्यान्डका राजाले विशेष जहाजमा पठाए नेपाललाई स्वास्थ्य सामग्री


  • सोमबार, जेष्ठ १७ २०७८
10.9K
SHARES

सांकेतिक तस्बिर

थाइल्यान्डका राजाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाएका छन्।
राजा महा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाएका हुन्।

स्वास्थ्य सामग्री बोकेको विषेश जहाज आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन्।

विमानस्थलमा स्वास्थ्य मन्त्री त्रिपाठीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए।

थाइल्यान्डका राजाले सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्‍यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटर स्वास्थ्य सामग्री पठाएका हुन्।

स्वास्थ्य सामग्रीको लागि मन्त्री त्रिपाठीले नेपाल सरकारको तर्फबाट थाई नरेशलाई धन्यवाद दिएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा