शुक्रबार, कार्तिक १४ २०८३
ताजा अपडेट

टिचिङ अस्पतालमा जोडियो अक्सिजन ट्यांक, अक्सिजन अभाव नहुने


  • सोमबार, जेष्ठ १७ २०७८
8.5K
SHARES

सांकेतिक तस्बिर

महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक जडान गरिएको छ। अक्सिजन ट्यांक जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ।

अक्सिजन ट्यांक धेरै अघिदेखि जडान गर्ने भनिए पनि लिक्विड अक्सिजन बोक्ने ट्यांकर अभाव हुँदा ट्यांक जडान गर्न सकिएको थिएन। साथै ठेक्का लगायत अन्य कागजी प्रकृयामा समेत अलमल हुँदा ट्यांक जडान गर्न ढिला भएको हो।

अन्ततः लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा आउने भएसँगै अस्पतालको अक्सिजन अभावको समस्या हल हुने भएको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा