शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

दोहोरो अंकले बढेको बजारमा नयाँ रेकर्ड बनाउँदै नेप्से, १७ अर्बको कारोबार


  • आइतबार, जेष्ठ १६ २०७८
9.5K
SHARES

फाईल तस्बिर

साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १२.५४ अंकले बढ्दै २८२७.९३ विन्दुमा रोकिएको छ । नेप्सेले दैनिक कारोबार रकममा नयाँ–नयाँ रेकड बनाउँदै गएको छ ।

आज ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ताको कारोबारमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार अहिलेसम्मकै सार्वधिक कारोबार हो । यो भन्दा अघि गत विहीबार १४ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज दर्जौनौ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ । आज ज्योती विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेडको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा