शुक्रबार, कार्तिक १४ २०८३
ताजा अपडेट

कोरोना संक्रमणबाट श्रीमानको मृत्युपछि कुरुवा बसेकी श्रीमतीले गरिन् आत्महत्या


  • आइतबार, जेष्ठ १६ २०७८
12.8K
SHARES

फाईल तस्बिर

कोरोना संक्रमणबाट श्रीमतीको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्महत्या गरेकी छन् ।

डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

वडाध्यक्ष खगेन्द्र रावतले शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको बताए ।

‘ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो,’ वडाध्यक्ष रावतले अनलाइनखबरसँग भने, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए । मृत्यु लगत्तै अस्पतालबाट भागेकी रावत आत्महत्या गरेको अवस्थामा फेला परिन् ।’

रावतका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए ।

सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन् भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सकेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा