शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

‘राजसंस्था र हिन्दु राष्ट्रको आवश्यकता छ’


  • शनिबार, जेष्ठ १५ २०७८
9.9K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो क्रममा रहेको दावी गरेका छन् ।

राप्रपाको ३१ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्रको आवश्यकतामा जोड दिएका हुन् ।

विधी, संविधान, लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गरेका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा शनिबार जारी सन्देशमा उनले सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

‘विधी, संविधान, लोकतन्त्रको अवमूल्यनबीच राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो छ,’ राणाले भने ।

यसैगरी राप्रपाका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले लम्पसारवादलाई स्विकार गर्न नसक्ने बताएका छन् । उनले जातियता र क्षेत्रवादमा विश्वास नराख्ने भन्दै कुनै पनि धर्मको अनादर नगर्ने बरु सबैको सम्मान गर्दै आएको बताए । तर आफ्नो धर्म र संस्कृति माथिको प्रहार लाई कदापी स्वीकार गर्न नसकिने उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा