शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

झापा संघर्षका तीन नेता गणतन्त्रको विरुद्धमा थिए : वामदेव


  • शनिबार, जेष्ठ १५ २०७८
9.5K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले झापा संघर्षका तीन नेता गणतन्त्रको विरुद्धमा रहेको बताएका छन्। उनले तीन नेताको नाम भने सार्वजनिक गरेका छैनन् ।

गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै नेता गौतमले लेखेका छन्, ‘बिडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’

गौतमले २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) भएको बताएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा