शुक्रबार, कार्तिक १४ २०८३
ताजा अपडेट

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य अभियुक्त बलात्कार आरोपी


  • शनिबार, जेष्ठ १५ २०७८
6.2K
SHARES

फाइल तस्विर

बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता बलात्कार आरोपी रहेको खुलेको छ ।

कोरोना संक्रमणका कारण उपचाररत विरामीको मत्युभएपछि चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले पक्राउ गरेका एमाले कार्यकर्ता दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत मध्य मानवहादुर बलात्कार आरोपी रहेको खुलेको हो ।

प्रहरीका अनुसार एमाले दाङको जिल्ला समितिको सचिवालय सदस्यसमेत रहेका मानबहादुरको नेतृत्वको टिमले बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेका थिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका मानबहादुर यसअघि बलात्कार मुद्दामा जेल परेका थिए । २०६६ मा देउखुरीकी एक महिलालाई बलात्कार गरेको मुद्दामा डेढ वर्ष सजाय काटेर उनी जेलमुक्त भएको प्रहरीको रेकर्डबाट देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा