शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भेरी अस्पतालमा स्वास्थ्यकर्मी कुटिएकोमा राष्ट्रपति भण्डारीले व्यक्त गरिन् खेद


  • शुक्रबार, जेष्ठ १४ २०७८
12.7K
SHARES

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिटमा खेद व्यक्त गरेकी छन्।

शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्वीटर राष्ट्रपति भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको लेखेकी छन्।

दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो,’ राष्ट्रपति भण्डारीले लेखेकी छन्।

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेका मानबहादुर रावतले आफ्ना दाइको उपचारको क्रममा मृत्यु भएपछि बिहीबार राति भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा