राष्ट्रिय सभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले सपथ लिएका छन्।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।
देवकोटा गत जेठ ६ मा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी भएका थिए।
स्वतन्त्र रूपमा उठेका उनलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेको थियो।
देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराएका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।