शुक्रबार, कार्तिक १४ २०८३
ताजा अपडेट

भेरी अस्पतालमा आन्दोलन : चिकित्सक कुट्नेलाई कारबाहीको माग


  • शुक्रबार, जेष्ठ १४ २०७८
10.2K
SHARES

फाइल तस्विर

चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएको भेरी अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा. राजन पाण्डेले बताए ।

दाङका एकजना संक्रमितको उपचारको क्रममा बिहीबार राति मृत्युपछि उनको आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए । कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।

चिकित्सकहरुको प्रदर्शनका कारण अस्पतालमा कोभिडका नयाँ बिरामीहरु भर्ना हुन सकेका छैनन् । अस्पतालमा उपचाररत बिरामीलाई भने सीमित चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालका कर्मचारी युनियनका अध्यक्ष होमनाथ सुवेदीले बताए ।

बिरामीलाई बचाउने चिकित्सकहरुको मुख्य दायित्व भएको भन्दै उनले दोषीलाई तत्काल कारबाही नभएसम्म नयाँ बिरामी भने भर्ना हुन नदिने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा