वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेकाले प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित गराउन पुर्जी काटिनु पर्ने माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानन्यायाधीशको एकल पूर्ण इजलासमा बहसका क्रममा उनले सर्वोच्च अदालत आफैँले गरेको पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेको उल्लेख गरे ।
उनले बहसका क्रममा भने ‘विश्वासको मत गुमाइसकेको व्यक्ति कसरी फेरि प्रधानमन्त्रीमा सिफारिस हुन्छ ? पहिले प्रधानमन्त्रीको पद खाली गर्नुपर्छ । पद खाली नगरी त्यही पदमा रहेको व्यक्तिलाई सिफारिस गर्नु बदनियत हो । यसले कानूनी मान्यता पाउन सक्दैन’ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।