शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भारतमा कोरोनाबाट २४ घण्टामा ३८ सय बढीको मृत्यु


  • बिहिबार, जेष्ठ १३ २०७८
18.1K
SHARES

फाईल तस्बिर

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ हजार ८४७ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा कोरोनाका २ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुलसंख्या २ करोड ७३ लाख ६९ हजार नाघेको छ ।

यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ३ लाख १५ हजार २३५ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ लाख १९ हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै ३३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी छ ।

यस्तै कर्नाटकमा २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदा महाराष्ट्रमा पनि नयाँ संक्रमितको संख्या २४ हजारभन्दा बढी छ ।

भारतमा हालसम्म २० करोड २६ लाख डोजभन्दा बढी कोरोना खोप मानिसहरुलाई दिइसकिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा