शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आज – जेठ १३, २०७८ बिहिवार को राशिफल


  • बिहिबार, जेष्ठ १३ २०७८
10.9K
SHARES

फाईल तस्बिर/ राशिफल

आज – जेठ १३, २०७८ बिहिवार को राशिफल

मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शेयरबजार पनि राम्रै रहला ।
कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।
कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर मालसामान हराउन सक्छ ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज श्रमदान गर्ने अवसर मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रसङ्गमा पनि सफल भइनेछ, तर स्वास्थ्य मापदण्ड पूरागर्नुपर्छ ।
बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।
मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा