बुधबार, असार ९ २०७८
ताजा अपडेट

एन्जलस होम स्कुलले सुरु गर्यो निःशुल्क भ्यान सेवा


  • KTM Khabar
  • बुधबार, जेष्ठ १२ २०७८
3.2K
SHARES

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ३, नयाँ चोकमा रहेको एन्जल होम्स प्रि स्कुलले कोभिडका मारमा परेका आफ्ना विद्यार्थी, अभिभावक तथा नागरिकहरुका लागि निःशुल्क रुपमा दुईवटा भ्यान उपलब्ध गराई सेवा प्रदान गरिरहेको छ ।

कोभिडको दोस्रो संक्रमणले समाजलाई क्रसित बनाईरहेको अवस्थमा विद्यालयले यो सुविधा प्रदान गरेको हो संक्रिमत भई अस्पताल जानुपर्ने व्यक्ति तथा असाहय र बृद्धबृद्धाहरुका लागि पनि यो सेवा सुरुवात गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल जनक थापाले बताए । थापाले कोभिडका कारण हरेक नागरीकहरु जोखिमयुक्त रहने अवस्था छ । यो अवस्थामा विद्यालयले आफ्नो समाजिक उत्तरदायित्व पुरा गर्नु कर्तव्य हो । हामी सकेको सहयोग गर्न सदैव तत्पर रहन्छौ ।

बुढानिलकण्ठ नगरपालिका मात्रै नभई अत्यावश्यक परेको खण्डमा काठमाण्डौका विभिन्न स्थानमा पनि आफ्नो सेवा दिईरहेको उनले बताए । समाजिक एकता अनि सदभाव र सुखदुखमा हातेमालो गर्न सकेको खण्डमा हामी धेरै समस्यालाई सहजै पार लगाउन सक्छौ थापाले बताएका छन । समाजभित्र रहेका सबै विद्यालयहरुले यस्तो विषम अवस्थामा आफुले सक्ने र सम्भव हुने सेवा प्रदान गर्नुपर्ने र धेरै विद्यालयहरुले समाजिक कार्य गरिरहेको समेत उनले बताएका छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा