बुधबार, असार ९ २०७८
ताजा अपडेट

‘द कलर अफ डेमोक्रेसी’


  • राजन शर्मा सापकोटा
  • बुधबार, जेष्ठ १२ २०७८
5.1K
SHARES

राजन शर्मा सापकोटा

यो आलेख पढ्नुअघि तपाईहरुको मनमा प्रश्न उब्जन सक्छ की किन लेखकले प्रजातन्त्रको बारेमा लेख्न यस्तो अनौठो विषयलाई छानेको होला । उक्त प्रश्न उठ्नुपनि स्वभाविक नै हो । म आफै पनि प्रजातन्त्र यो हो र त्यो हो भनी लेख्न रुचाउने हैन । अझ मैले त यो आलेख तयार गर्नुअघि द कलर अफ डेमोक्रेसी का विषयमा गुगलमा के रहेछ भनेर हेरे । अनेकन सम्बन्धित पुस्तकहरु रहेछन । उक्त पुस्तकमा प्रजातन्त्रलाई रेसिजमसंग जोडिई विषयहरु उठान भएका रहेछन । तर मेरो यो आलेख नितान्त फरक विषयमा हो । मैले यहाँ प्रजातन्त्रलाई कुनै निश्चित वर्ग, रंगभेद, समाज, राष्ट्रसंग वा अन्य केहीसंग जोड्न खोजेको होईन । मैले त यो प्रजातन्त्र भन्ने जुन भाव छ ‘अमुर्त भाव’ त्यसको रंग निकाल्न खोजेको हुँ । नितान्त हेर्न खोजेको मात्र हुँ । यो कस्तो रंगको हुन्छ, हुन्थ्यो र हुनेछ भनि बिचरण गरेको मात्र हुँ । चिरस्थायी सधै एउटै अथवा वा डाइनामिक रुपमा फरक कलरको । अझ भन्नु पर्दा सबैतिर समान वा असमान । फरक नितान्त अलग वा समिश्रण सबै कलरको । मेरो उदेश्य किन्तु यो कालो, रातो वा निलो हुदोरहेछ भनेर प्रमाणित गर्नु पनि होईन । मैले मेरा उमेरहरुमा तिस वर्ष प्रजातन्त्र देखे । मैले देखेको अवधीमा प्रजातन्त्र सधै छुन नसकिने रह्यो जस्तो लाग्छ । मलाई हुर्कदै जादा लाग्थ्यो प्रजातन्त्र अमुक, अदृश्य, अमुर्त हुन्छ तर यो छुने हुनुपर्छ । तर मैले कहिल्यै त्यस्तो पाईन । त्यसैले त आज यो अनौठो र एक प्रकारले अपारदर्शी प्रजातन्त्रका बारेमा लेख्न मन लाग्यो ।

मेरो मथिंगलमा एउटा अनौठो छाप रहेछ । अवचेतन अवस्थामा रहेको छाप । प्रजातन्त्रका ड्राईभर जनता नै हुन भन्ने लाग्थ्यो । बास्तवमा तिन दशक यो देख्दा हैन की झै लागी रहेछ । त्यो कस्तो अमिट छाप । अझै इरेज हुन सकेन । मैले सानैदेखि पढेको अव्राहम लिंकनको प्रजातन्त्रको परिभाषा, सबैले जानेको परिभाषा । गलत झै लागी रह्यो त्यो बाई द पिपल, फर द पिपल…भन्ने वाला परिभाषा । कुनै एक मुलुकमा मात्र लागु नभएको हो की, केही छुट्याउने, खुट्याउने अवस्थामै भईन म । मेरो देशमा पनि शत्तामा जनता नै पुग्छन । म यो या ऊ भन्दिन । जनता यहाँ जनता भएर पस्छ । आफु शासक भएर निस्किन्छ । मेरो प्रजातन्त्रमा इन्ट्रमा एउटा र एक्जिटमा अर्को नियम चल्छ । पचासौ बर्ष राजनीति गर्दा सामान्य जनता पनि ईलाईट बन्दो रहेछ । अन्य मुलुकमा ईलाईट पनि डेमोक्रेसीको चालक बन्दा लिडर भएको देख्ने, पढ्ने र सुन्ने म मेरो देशमा एकजना पनि त्यस्तो नदेख्दा यहाँको उत्पादनशिलतामा नै शंका लाग्छ । हामी के रोप्छौ, अनि के फलाउछौ रु शंका हुन्छ । यो सबै फल्ट लाग्छ । बर्षौ अघि रोपेको मेरो प्रजातन्त्र किन हुर्कन पाउदैन किन कलर दिदैन । अनि त प्रश्न उठ्छ ह्वाट एज द कलर अफ माइ डेमोक्रेसी ।

मैले यहा आलेखमा प्रजातन्त्रका केही विम्व प्रयोग गर्न खोजेको छु । आफ्नै स्टाईलका । मलाई प्रजातन्त्र सुन्दर फुलको संयोजनबाट बनाईएको ‘बुके’ जस्तो लाग्यो । केही समय मैले त्यही रुपमा प्रजातन्त्रलाई बुझे । अरुलाई पनि प्रजातन्त्र यस्तै सुन्दर हुनुपर्छ भन्ने लाग्दो हो झै सम्झे । बास्तबमा हाम्रो जस्तो देशमा प्रजातन्त्र त्यो बुके नै हो जस्तो लाग्यो । कुनै ठुलो अकेजनमा किस्तिमा पस्कने । हेर्दा सुन्दर तर क्षणिक प्रयोगका लागी प्रयुक्त । जरा बिहिन । र टिकाउका लागी भन्दा पनि देख्दा सुन्दर । एउटा ईलाईट क्लासका लागी प्रयोगमा आउने खालको । तर प्रयोगहीन । चाडै सुक्ने अनि डेलिकेट र युजलेस । मलाई प्रजातन्त्र त्यस्तै लाग्यो । हाम्रो मानेमा प्रजातन्त्र असाध्यै डेलिकेट र युजलेस ।

यस अर्थमा मेरो जोड सुन्दरतामा मात्र रहेछ । प्रजातन्त्र सुन्दर हुनुपर्छ भन्ने । तर बास्तवमा प्रजातन्त्र टिकाउ सबैका लागी सधैका लागी हुनुपर्ने रहेछ । प्रजातन्त्रले अगाडी आउन नसकेका लाई अगाडी ल्याउनुपर्ने रहेछ भन्न् चरणमा म पुगें । त्यही क्रममा अलि हुर्कदै जादा ट्रेनिङ कलेजमा मैले एउटा रिलेटेड टपिक पाए । अध्ययन गर्न र पेपर लेख्न । विषय प्रजातन्त्र नै भएपनि हाम्रोमा विस्तारै सो बेला वकालत सुरु भएको टपिक थियो  संघीयता । यो मेरो कमजोर मानसपटलमा प्रजातन्त्रकै एउटा रुप र अलि फरक स्टक्चरल रुपमा मात्र बुझेको थिए । शासन जनताकै र राज्यका स्ट्रक्चरहरु मात्रै फरक । शासनको तरिका र पद्धतीमात्र फरक भएको रुपमा ।

मलाई सिद्धान्तकार को हुन भन्नेमा हाल याद छैन । तर एउटा थ्योरीले सधै छोयो । प्रजातन्त्रका नामामा, संघीयताका नाममा मलाई त्यो ज्यादै प्रयुक्त लाग्यो । सुरुवातमा मल्टी कल्चरल सोसाईटी कसरी ईन्ट्रीगेटेड हुन्छन भन्ने कल्चरल स्टडिजबाट निर्माण भएको थ्योरी रहेछ । पढ्दै जादा अलि बुझे । ‘सलाद बउल’ थ्योरी । जसरी सलादको प्लेटमा सलादका ईन्ग्रिडेन्ट्स सबै मिलेर एउटा सलाद बउल बन्छ । तर गुण यो छ- एउटै प्लेटमा पनि सलादका भिन्न चिजको भिन्न स्वाद । यानेकी एउटै वउलमा काक्राकै स्वाद फरक । मुलाको स्वाद फरक । गाजर, स्याउ, मेवा जे भन्नुहोस संगसंगै । तर स्वाद फरक । मलाई संघीयताको उक्त मोडेल खुब मनपर्यो । मलाई नेपाली प्रजातन्त्र, नेपाली संघीयता, हाम्रो त्यतिबेला पपुलर्ली चलेको माटो सुहाउदो संघीयता हुनुपर्छ भन्ने वकालत संग मिल्दो जस्तो लाग्यो । एउटा टपिक निर्माण गरे । ‘द सलाद बउल मोडेल अफ नेप्लिज फेड्रालिजम’ । उक्त पेपरमा मैले फेड्रालिजमलाई प्रजातन्त्रकै रुप र हाम्रो जस्तो मल्टिकल्चरल, मल्टिलिङ्ग्विल र डाईभर्स समाजलाई एउटै बउलमा राखी सबैको आ(आफ्नो टेस्टलाई जीवन्त बन्ने गरी प्रस्तुत गर्न मेरो पेपर तयार गरे । लास्टमा प्रिजेन्टेसनमा तयार भएको रियल सलाद बउल(प्लेट) को फोटो राखेर पुष्ट्याई गरे । तर त्यो त एउटा नियमित प्रक्रिया न थियो । त्यो तालिम थियो । मेरो मुल्यांकन थियो । मेरो एउटा बाध्यता । अनि त्यही दिन सकियो त्यो मलाई हिट गरी रहने मोडेल । मलाइ मन पर्ने सलादरुपी संघियता । प्रजातन्त्रको रिलेटेडनेस भएकोले मैले कहिल्यै बिर्सिन सकिन ।
विस्तारै नेपालमा संघीयता सुरुवात भयो । कति प्रदेश बनाउने, के नाम राख्ने, राजधानी कहा बनाउने लगायतका अनेक बहस चले । संघीयतामा विभिन्न आधार तोकिएर संघीयता निर्माण भयो । अन्तिममा आएर हामीले बुझ्यौ जम्मा तिन सरकार-केन्द्र, प्रदेश र स्थानीय । त्यसरी नै बन्यो नेपालको संघीयता । हाम्रो नया प्रजा यानेकी जनतन्त्र वा गणतन्त्र । मेरो मलाई हिट गरिरहने ‘द सलाद बउल थ्योरी’ कही हरायो जसतो लाग्यो । यो बबुरो आस न थियो । फेरी भन्न छाडिएन त-माटो सुहाउदो संघीयता । हाम्रो माटो सुहाउदो प्रजातन्त्र । हाम्रो माटो सुहाउदो गणतन्त्र ।

यी यावत गफ मेरो हुर्काईमा आएका प्रजातन्त्रका विम्वहरु थिए । खासमा मेरो आलेखमा म प्रजातन्त्र यो वा त्यो भन्न, पुस्ट्याई गर्न लेखि रहेकै छैन । भनिसकेको छु । म मेरा अवचेतन झै बनिसकेका विम्व र प्रजातन्त्रका रिलेसन खोज्दै विषयान्तर पनि भए । मेरो मुल आलेख यसको कलरसंग सम्बन्धित हो । थियो । मैले प्रजातन्त्रको कलर छरछैन यो होरहोईन भनेर पुस्ट्याई गर्न पनि लम्वेतान गफ दिनुपर्यो । विस्तारै मलाई प्रजातन्त्र एउटा निश्चित र देश अनुसारको आ-आफ्नै कलरको पो हुने हो कि भन्ने पो लाग्न थाल्यो । फेरी देश भित्रै पनि म यो देश ऊ देश भन्दिन । शासन, समय, ब्यक्ति अनुसार प्रजातन्त्र, संघीयता आदीका बारेमा फरक-फरक विचार आउदा मलाई झन झस्का पर्यो । प्रजातन्त्र त कहाँ देश अनुसार मात्रै फरक कलरको हो र, ब्यक्ति अनुसार, स्वार्थ अनुसार पनि पो फरक हुने रहेछ । त्यसपछी मलाई लाग्न थाल्यो जसले जे भनोस प्रजातन्त्रको एउटा कलर चाही हुन्छ-हुन्छ । जो देखियोस वा भावात्मक सुक्ष्म होस । मलाइ लाग्न थाल्यो जे होस यो एउटा फेड कलरमा हुन्छ । यसलाई विस्तारै खुईल्याउदै लगिन्छ । त्यसको कलर सकिन्छ । अनि आफु अनुकुलको कलरिङ गरिन्छ । मलाई त्यही लाग्यो । प्रजातन्त्रको कलर हुन्छ । आफु सुहाउदो हुन्छ । आफु अनुकुल हुन्छ ।

पुराना ग्रन्थहरु पढ्दा मैले महान दार्शनिक प्लेटोले पनि प्रजातन्त्रलाई केही अवस्थामा घृणा गरेको भेटे । उनले त्यो बेलाको एथेनियन प्रजातन्त्रको अवस्थालाई मन नपराएको पाए । त्यसको कारण कुनै कन्ट्रोलिङ सिस्टम नभएको एनार्की (Anarchy) किसिमको समाजमा आन्तरिक र अन्तरनिहित युनिटि नभएको र कमन गुडका लागी भन्दा पनि स्वार्थ केन्द्रित प्रजातन्त्र भएकोले होला प्लेटोको प्रजातन्त्रको बारेमा यो क्रिटिसिज्म आएको । मैले यहाँ मेरो प्रजातन्त्रलाइ क्रिटिसाइज गरेको होइन । सुधारिएको प्जातन्त्र वा गणतन्त्रका बारेमा त्यस्तो, यस्तो र उस्तो भन्न खोजेको पनि होईन । यो मेरो पुरानो प्रजातन्त्र म भन्दो दशकौ जेठो अनि राणाकाललाई किक आउट गरी पञ्चायतमा चेपिदै मोनार्कीमा समेत विस्तारै टुसाएको प्रजातन्त्र । एथेनियन रुपमा नहुर्किने । जसले जति खुईल्याउन खोजेपनि नखुईलिने प्रजातन्त्र । सदाबहार प्रजातन्त्र । बुकें को रुपमा सुन्दर तर फेड आउट हुने रुपमा मैले अनि हामीले देख्न नपरोस । झाडि बिचबाट टुसाएर पनि फुलीरहने प्रजातन्त्र । जहा जे होस मेरो देश र जनताका लागी बाची रहने प्रजातन्त्र । कुनै कलरमा नहोस, स्वाद र गन्दहिन नै किन नहोस-बाँची रहोस मेरो प्रजातन्त्र । हाँसी रहोस मेरो गणतन्त्र ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा