शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

जसपामा उपेन्द्र पक्षको काउन्टर, पार्टी किन आफ्नो पकेट बनाएको ?


  • बुधबार, जेष्ठ १२ २०७८
13.5K
SHARES

फाइल तस्विर

जनता समाजवादी पार्टीमा अध्यथ महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेकै मितिमा उपेन्द्र पक्षले पनि काउन्टर स्पष्टीकरण सोधेको छ ।

केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई सोधिएको स्पष्टीकरणमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई किन साथ दिएको ? भनिएको छ ।

त्यस्तै पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनुपस्थित भएको र गुटबन्दीपूर्ण क्रियाकलाप गरेको,छुट्टै कार्यालय सञ्चालन गरेको तथा राष्ट्रपति कार्यालय,निर्वाचन आयोग र संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरु पठाउने कार्य किन गरेको ? जस्ता प्रश्न सोधिएको छ ।
९ बुँदै स्पष्टीकरणमा पार्टीको आधिकारिक निर्णयविना सरकारसँग वार्ता गर्न भनी लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई वार्ता कार्यदलमा पठाइएको पनि आपत्ति जनाइएको छ ।

विधानमा नभएको व्यवस्थालाई स्वेच्छारी ढंगले पार्टीलाई आफ्नो पकेट बनाउने कार्य किन गरेको भनेर ठाकुरलाई सोधिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा