बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलबीच जुम बैठक हुँदै


  • बुधबार, जेष्ठ १२ २०७८
8.9K
SHARES

फाइल तस्विर

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुबीच आज जुममार्फत बैठक बस्दैछ ।

कोरोना महामारीलगायत तथा त्यसबाट बच्न चीनले दलहरूलाई पनि दिन लागेको स्वास्थ्य सामग्री प्रयोगका विषयमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले विज्ञहरूमार्फत नेताहरूलाई जानकारी दिनेछन् ।

बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ सहभागी हुने भएका छन् ।

नेपालकातर्फबाट भने एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना पनि बैठकमा सहभागी हुने भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा