नेपालमा पछिल्लो समयमा भइरहेको राजनीतिक परिघटनाबारे दक्षिणी छिमेक भारतले आफ्नो प्रतिक्रिया दिएको छ ।
प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायतका विषयसँग जोडिएको प्रशनमा भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको हो ।
बुधवार नयाँदिल्लीमा भएको नियमित पत्रकार भेटघाटमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालमा विकास भइरहेको घटनाक्रमलाई भारतले नजिकबाट नियाले पनि त्यो उसको आन्तरिक मामिला भएको टिप्पणी गर्नुभएको हो ।
नेपाल आफ्नो समस्या समाधान गर्न सक्षम रहेको भन्दै बागचीले भन्नुभयो, ‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’
नेपालको शान्ति, समृद्धि र स्थायित्वका लागि साथ दिन छिमेकी मित्रराष्ट्रका रुपमा भारत तयार रहेको पनि उहाँको भनाइ थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।