शुक्रबार, कार्तिक १४ २०८३
ताजा अपडेट

चक्रावतको असरले भारी वर्षाको सम्भावना, पर्वतारोहण नगर्न आह्वान


  • बुधबार, जेष्ठ १२ २०७८
7.3K
SHARES

बंगालको खाडीमा बनेको ‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि देखिएको छ ।

चक्रावतको प्रभावले नेपालमा मंगलबारदेखि नै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।मौसम आएको बदलीले काठमाडौं उपत्यकामा मात्रै गत २४ घण्टामा ५.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको महाशाखाले जनाएको छ ।

आजदेखि शनिबारसम्म वर्षा/हिमपात अझ बढ्दै जाने महाशाखाले जनाएको छ । यस अवधिभर सतर्कता अपनाउन, पर्वतारोहणमा नजान मौसमविद्ले आह्वान गरेका छन् ।

पूर्वी नेपालबाट शुरू भएको चक्रावतको असर क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ । मौसमविद् प्रतीभा मानन्धरका अनुसार आजबाट हावाहुरीसहित ठूलो वर्षाको सम्भावना छ । आइतबादेखि मात्रै चक्रावतको असर कम हुने उनले जानकारी दिइन् ।

भारतमा आज यास चक्रवात बज्रिने अनुमानपछि बंगाल र ओडिसाका लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा