२२ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जामा एक ६० वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा स्याङजा बिरुवा गाउँपालिका–४ खुदीका दुर्गाबहादुर दमै रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार बाख्रा चराउन जङ्गलमा गएकी युवतीलाई बलात्कार गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कर्यालय स्याङ्जाले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।