शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

देउवाले बोलाए पदाधिकारी बैठक


  • मंगलबार, जेष्ठ ११ २०७८
9.2K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान ९ बजेका लागि बैठक बोलाइएको हो।

पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बैठक राखेका हुन्।

गत शुक्रबार १४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका देउवा प्रधानमन्त्री नियुक्त भएका थिएनन्।

प्रधानमन्त्रीमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले पनि दावी गरेका थिए। दुवैको दाबी नपुग्ने भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै चुनाव घोषणा गरेकी थिइन्।

तर कांग्रेसहित विपक्षी ५ दलले प्रतिनिधि सभा विघटनको विरोध गरेका छन्।

संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा दलहरूले विरोध गरेका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा