वीर अस्पताल (कोभिड–१९ युनिफाइड) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा प्रा.डा. जागेश्वर गौतम नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका प्रवक्तासमेत रहेका प्रा।डा। गौतमलाई युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको छ ।
सोमबार मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको हो।
गौतमले वीरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएसँगै जनशक्तिको व्यवस्थापन, स्रोत साधनको व्यवस्थापन र अन्य व्यवस्थान गरेर मुलुकभरका कोभिड अस्पतालका लागि आवश्यक स्वास्थ्य सामाग्री लगायतको व्यवस्थापन गर्नेछन्।
युनिफाइड अस्पतालले देशभरका कोभिड–१९ डेडिकेटेड अस्पतालको कमाण्ड गर्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यसलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।