शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

निरंकुश, निर्मम र क्रुरतापूर्ण काम गर्ने ओलीलाई जसरी पनि बिदाइ गर्नुपर्छ : झलनाथ


  • मंगलबार, जेष्ठ ११ २०७८
9.8K
SHARES

फाईल तस्बिर

पूर्वप्रधानमन्त्री झलनाथ खनालले निरंकुश, निर्मम र क्रुरतापूर्ण काम गर्ने ओलीलाई जसरी पनि बिदाइ गर्नुपर्ने टिप्पणी गरेका छन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी समेत गरेका छन्।

सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले नेता खनालसहित ११ जनालाई पार्टीबाट निश्कासन गरेको थियो। सो निर्णय लगत्तै प्रतिक्रिया दिँदै नेता खनालले केपी शर्मा ओलीको कारबाहीले केही फरक नपर्ने बताएका हुन्।

नेता खनालले ओलीले गरेको कारबाहीले आफूहरुको रौं पनि नहल्लिने स्पष्ट पारे।

‘आफ्ना सहयोद्धा साथीहरूलाई यसरी कारबाही गरेका छन्। यो ओलीको हिटलर, निरंकुश, निर्मम र क्रुरतापूर्ण काम हो।म एक महिनादेखि बिरामी भएर बसेको मान्छेको रौ समेत हल्लिएको छैन’, उनले भने, ‘ओलीले मान्छेका लासहरुमाथि शासन गरेका छन्। यस्तो अपराधीलाई चाडो भन्दा चाडो यो समाजबाट बिदाइ गर्नुपर्छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा