शुक्रबार, कार्तिक १४ २०८३
ताजा अपडेट

विपतको बेला प्रचार मोह, अक्सिजन सिलिण्डरमा मन्त्रीको फोटोनै टास्नु पर्ने ?


  • मंगलबार, जेष्ठ ११ २०७८
12.6K
SHARES

फाइल तस्विर

अक्सिजन सिलिण्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो टाँसेका तस्वीर अहिले सामाजिक सन्जालमा छरपस्टै देख्न सकिन्छ । यसबाट मन्त्रीज्यूको प्रचार मोह आम सर्बसाधारणले राम्रै संग बुझ्न सक्छन । सिलिण्डरमा फोटो टासेर सहयोग गर्नाले आम सर्बसाधारणबाट आलोचना भएको सामाजिक संजालमा देख्न सकिन्छ ।

सोमबार हेलिकप्टर मार्फत गृह जिल्ला डोटी पुगेर मन्त्री आलेले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिएको छ ।
मन्त्री आलेले डोटी जिल्ला अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगेर ती स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटका अनुसार मन्त्री आलेले ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा जनरल बेड, ३० हजार सर्जिकल मास्क र एन्टिजेन किट उपलब्ध गराएका छन् ।

विपतको बेलामा पनि स्वास्थ्य सामग्रीलाई प्रचार सामग्री जसरी प्रयोग गरेको भन्दै मन्त्री आलेको आलोचना भइरहेको छ । कतिपयले चिनियाँ अनुदानका अक्सिजन सिलिण्डरमा व्यक्तिगत सहयोग भनेर प्रचार गरेको आरोप लगाएका छन् ।

यसअघि सांसदहरु हिरा केसी र गंगा चौधरीले पनि नीलो रंगका अक्सिजन सिलिण्डरहरु आफ्नो व्यक्तिगत पहलमा जुटाएको भन्दै गृहजिल्ला पुर्याएका थिए । तर मन्त्री आलेले भने उनीहरुभन्दा एक कदम अगाडि बढेर आफ्नो फोटोसहितको स्टिकर टाँसेर व्यक्तिगत रुपमा सहयोग गरेको भनेर प्रचार गरे ।
व्यक्तिगत खर्च गरेर जुटाए पनि विपतको बेला राहत तथा सहयोग सामग्रीलाई यसरी प्रचारको रुपमा प्रयोग गर्न नपाइने जानकारहरु बताउँछन् । भारतको उदाहरण हेर्ने हो भने त्यसरी प्रचार गरेमा अपराध गरेसरह कारबाही गर्ने आदेश अदालतबाट भएको छ ।

तर मन्त्री आले यो काममा आफ्नो आलोचना भए पनि केही फरक नपर्ने बताउदै प्रचारमोहमा लागेको प्रष्टै बुझ्न सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा