शुक्रबार, कार्तिक १४ २०८३
ताजा अपडेट

घातक रसायन मिसाएर सेनिटाइजर उत्पादन गरेको आरोपमा ४ जना पक्राउ


  • मंगलबार, जेष्ठ ११ २०७८
13.4K
SHARES

फाइल तस्विर

मानव शरीरका लागि घातक मानिने ‘मेथानोल’ नामको रसायन मिसाएर सेनिटाइजर उत्पादन गरेको अभियोगमा प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकाका विभिन्न ३ वटा सेनिटाइजर उद्योग र गोदाममा छापा मारी ४ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजर उत्पादक सुनसरीका आशिष प्याकुरेल, बालाजुस्थित उत्सव डिटरजेन्ट एण्ड कस्मेटिकका संचालक राकेश अग्रवाल र कमल अग्रवाल, सोह्रखुट्टेस्थित लामा समिप इन्टरप्राइजेजका संचालक सुमन बहादुर तामाङ रहेका छन् ।

प्रहरीले ठूलो परिमाणमा सेनिटाइजर समेत बरामद् गरेको बताएको छ । आरोपीहरुविरुद्ध अहिले प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन–०३२ अनुसारको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा