केन्द्र सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले डोटी जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रक्रिया तत्काल थाल्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
जिल्लामा अक्सिजनको अभाव भएपछि केन्द्र सरकारले बजेट विनियोजन गरिसकेको भन्दै अक्सिजन प्लान्टको सञ्चालनमा विलम्ब नगर्न निर्देशन दिएका हुन् । मन्त्री आलेले जिल्लामा अक्सिजनको अभाव नहोस् भन्नको लागि आफूले अर्थमन्त्रीसँग अनुरोध गर्दै अक्सिजन प्लाण्टका लागि एक करोड ५० लाख रकम विनियोजन गराएको बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।