वीरगञ्ज महानगरपालिकाले एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्यसहित खोप खरिदका लागि सरकारसँग अनुमति माग गरिएको महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।
अमेरिकी र रसियन खोप राम्रो छ, सरकारले अनुमति दियो भनेर मगाएर नगरबासीलाई लगाउँछु’ उनले भने ‘५÷७ करोड खर्च गरेर खोप आउँछ, खोपले नागरिक बचाउन सकिन्छ भने किन खर्च नगर्ने ? भनेर अनुमति मागेका हौं ।’
ती देशमा प्राइभेट कम्पनीहरुले नै खोपको डिल गरिरहेको र आफूसँग ती कम्पनीसँग डिल गर्न सक्ने संयन्त्र रहेको उनको भनाइ छ । महानगरपालिकाले नेपाल सरकारले तोकेको नियम अनुसार नै खोप खरिद र प्रयोग गर्ने उनले बताए ।
‘विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को कारण लाखौं नागरिक संक्रमित र हजारांैको संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ । आम जनताको जीवन रक्षाका लागि खोप मात्र कोभिड विरुद्धको लडाई जित्न सक्ने अस्त्र बनेको छ । सबै नागरिकसम्म खोप पु¥याउन सरकारको तर्फबाट भएका प्रयास ठोस प्रभावकारी हुन सकेको छैन’ महानगरले स्वास्थ्य मन्त्रालयमा पठाएको पत्रमा उल्लेख छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।