शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

चीनको छेन्दुमा खुल्यो नेपालको महावाणिज्य दूतावास


  • सोमबार, जेष्ठ १० २०७८
8.2K
SHARES

फाइल तस्विर

दक्षिण-पश्चिमी चिनियाँ प्रान्त सिचुवानको राजधानी छेन्दुमा नेपालले महावाणिज्य दूतावास खोलेको छ।

सोमबार  चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र  सिचुवान प्रान्तका उप-गभर्नर ली युन्जे संयुक्त रूपमा महावाणिज्य दूतावासको उदघाटन गरेका छन्। महावाणिज्य दूतावास उदघाटन कार्यक्रममा सिचुवान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरू र  छेन्दु नगरका मेयरको पनि उपस्थिति थियो।

कार्यक्रममा बोल्दै राजदूत पाण्डेले आजदेखि सञ्चालनमा आएको महावाणिज्य दूतावासले दुई देशको सहकार्यमा थप योगदान दिँदै नेपाल-चीन सम्बन्धलाई मजबुद् बनाउने सघाउने विश्वास व्यक्त गरे।

सिचुवानका उपगभर्नर युन्जेले महावाणिज्य दूतावासको स्थापनाले दुई पक्षीय व्यापार, लगानी, पर्यटन र जनता-जनताबीचको सम्बन्धलाई सहज बनाउन सहयोग पुग्ने बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा