सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकी आरोहीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहुँदा सोही स्थानमा छाडिएको थियो । वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बताइएको छ ।
राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।