शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

चार सातापछि संक्रमण घट्न सक्छ : स्वास्थ्यमन्त्री


  • सोमबार, जेष्ठ १० २०७८
12.3K
SHARES

फाईल तस्बिर

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चार सातापछि संक्रमणको गति घट्न सक्ने बताएका छन । अहिले फैलिएको नयाँ भेरिएन्ट संक्रामक र घातक भएको बताउँदै मन्त्री त्रिपाठीले मानवीय आवतजावत भैरहेको र केही कार्यालय खुलै भएकाले संक्रमण घट्न नसकेको बताए ।

सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको जानकारी दिँदै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई कडाइ गर्नुपर्ने बताए ।

सरकारले कोभिड-१९ को उपचारका लागि १५७ वटा अस्पताल छुट्याएको र ४५ निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको मन्त्री त्रिपाठीले जनाए । बैशाख महिनामा मात्र उपचारका लागि ४५ करोडको शोधभर्ना गरिएको समेत उनले जनाए ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अपेक्षारुपमा संक्रमण दर घट्न नसकेको बताए । बिरामीको संख्या बढिरहेको जनाउँदै उनले काठमाडौंमा संक्रमण घटेपनि तुलनात्मकरुपमा घट्न नसकेको जनाए । ‘संक्रमण अझैपनि समुदायमै छ’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा