शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उलंघन गरेकोले अदालत आउनुपर्‍यो : गगन थापा


  • सोमबार, जेष्ठ १० २०७८
17.5K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका नेता गगन थापाले एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उलंघन गरेकोले पटकपटक अदालत आउनुपरेको बताएका छन । १४६ जना सांसद सोमबार दिउँसो सर्वोच्च आएको भन्दै उनले सर्वोच्चले दायाँबायाँ गर्न नमिल्ने बताए।

अदालतले आफैँले केही महिनाअगाडि गरेको ब्याख्या र संविधानको धारा अध्ययन गर्दा प्रतिनिधि सभा पुनर्स्थापना हुने उनले बताए।

‘हामी ज्युँदैछौं १४६ जना सर्वोच्चमा श-शरीर आयौं,’ उनले भने, ‘सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र गर्दैन। अदालतप्रति हाम्रो भरोसा छ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी ५ दलका सांसद आज सर्वोच्चमा रिट लिएर गएका छन्। बहुमत हुँदाहुँदै पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै देउवा रिट लिएर सर्वोच्च पुगेका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा