महान्यायाधिवक्ता रमेश बडालले संविधानमा भएको व्यवस्था जस्ताको तस्तै अध्यादेशमा आउँदा कसरी राष्ट्रघात भयो भनेर प्रश्न गरेका छन् ।
सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशबारे प्रश्न उठेपछि सोमबार पत्रकार सम्मेलन गरेका महान्यायाधिवक्ता वडालले संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याएको बताए ।
तर केही पूर्व सांसदले समेत राष्ट्रघात भयो, फिजिकरण गर्न खोजियो भनेर विरोध गरेको भन्दै बडालले प्रश्न गरे, संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?’
उनले अघि, ‘संविधानमा जसले नागरिकता पाउँछ भनिएको छ, अदालतले त्यो व्यक्तिलाई नागरिकता दे भनेको छ । त्यही व्यवस्था अध्यादेशबाट ल्याउँदा संविाधनको कार्यान्वयन गरिएको हो । यसभन्दा बाहेक एक अक्षर तलमाथि गरिएको छैन ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।