संसद विघटनको प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै विपक्षी गठबन्धनका नेताहरुले कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेका छन् । तर यही बीचमा सोही गठबन्धनका एक नेताले भने सरकारको विपक्षमा रहेका सांसदहरु मात्रै बैठक बसेर नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् ।
यस्तो प्रस्ताव गर्ने नेता हुन् नेकपा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) । ‘सभामुखले बैठक बोलाउने । त्यही बैठकबाट नयाँ प्रधानमन्त्री चुन्ने र सरकार चलाउने मेरो प्रस्ताव छ,’ उनले भने, ‘संविधान मिच्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई जस्ताकोतस्तै जवाफ दिन यही उपयुक्त हुन्छ ।
यो प्रस्ताव आफूले दलका शीर्ष नेताहरु समक्ष राखिसकेको पनि उनले बताए । ‘राजनीतिक रुपमा जवाफ दिने हो भने यस्तै गर्नुपर्छ भनेको छु, तर नेताहरुले मेरो कुरा सुनेका छैनन्,’उनले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।