शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

माओवादी र माधव निकट विद्यार्थी संगठन आन्दोलित, मन्त्रीका गाडी चल्न नदिने


  • शनिबार, जेष्ठ ८ २०७८
18.6K
SHARES

फाइल तस्विर

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को माधव नेपाल निकट विद्यार्थी संगठन संसद विघटनविरुद्ध आन्दोलित हुने भएका छन्।

शनिबार माओदी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रजित तामाङ र नेपाल निकट विद्यार्थी संगन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

उनीहरुले कोरोना महामारी र निशेधाज्ञाकाबीच स्वास्थ्य सतर्क अपनाउदै आन्दोलित हुने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।

विरोधका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायत छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा