राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राज्यको अभिभावकको रूपमा राजसंस्थाको अपरिहार्यता पुन: पुष्टि भएको बताएको छ । अध्यक्ष पशुपति शमशेर जबराले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको धज्जी उडाएको भन्दै विश्वमा सफल राजासहितको प्रजातन्त्रको मोडल अनुसरण गरेर विगतको गल्ती सच्याउनु पर्ने धारणा समेत व्यक्त गरे ।
राप्रपा अध्यक्ष राणाले ट्वीट गर्दै राणाले ‘राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको छ । दलभन्दा माथि रहने राष्ट्रप्रमुख, निष्पक्ष अभिभावकको रूपमा शाहवंशीय राजसंस्थाको अपरिहार्यता पुनः पुष्टि गरेको छ ।
राजनीतिक कोर्स करेक्सन गर्नु पर्ने दृष्टान्त प्रस्तुत गर्दै राणाले भने, ‘विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजा सहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन ।’
निर्वाचन प्रजातान्त्रिक अभ्यास भए पनि कुर्सी जोगाउनु जनताको ज्यान जोखिममा पार्नु अमानवीयताको पराकाष्ठा भएको उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।