आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

भारतले नेपाल चिकित्सक संघलाई उपहार दिएको एम्बुलेन्स आजदेखि सञ्चालन


  • शनिबार, जेष्ठ ८ २०७८
12.3K
SHARES

फाइल तस्विर

भारतीय दूतावासले नेपाल चिकित्सक संघलाई उपहार दिएको एम्बुलेन्स आजदेखि सञ्चालनमा आएको छ ।

भारतीय दुतावासबाट उपहार स्वरुप उपलब्ध गराइएको बा. प्रदेश ०१ २५ च. ३६३५ नम्बरको एम्बुलेन्स २०७८ जेठ ८ गतेदेखि सञ्चालन गर्ने संघको कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार आज संघका केन्द्रीय अध्यक्ष डा. लोचन कार्कीले उद्घाटन गरेका छन् ।

एम्बुलेन्स सेवा उद्घाटन गर्दै संघले सेवा आवश्यक पर्नेले संघका प्रशासकिय सहायक प्रवेश लामिछानेलाई ९८४००१४३०७ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

संघले एम्बुलेन्सका सवारी चालक सुरज तामाङमार्फत पनि सम्पर्क गर्न सकिने जनाएको छ । तामाङको मोवाइल नम्बर ९७४६२७१४१२ रहेको संघका महासचिव डा बद्री रिजालले जानकारी दिए ।

सुरुवाती चरणमा उक्त एम्बुलेन्स प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म मात्र संचालन गरिने रिजालले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा