नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान सामुहिक बलात्कारमा परेको आरोप लगाएका छन्।
शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले भने, ‘बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ!,’ उनले भने, ‘संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ।’
उनले सुरूमा भनेका छन्, ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ´, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो!’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।