शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जेठ २५ भित्र विद्यार्थीको नतिजा प्रकाशन गर्न ललितपुर महानगरको निर्देशन


  • शुक्रबार, जेष्ठ ७ २०७८
13.1K
SHARES

ललितपुर महानगरले पनि विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट मूल्यांकन गर्न निर्देशन दिएको छ ।

शुक्रबार शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले सूचना जारी गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्यांकनको आधारमा गरिएको आएको नतिजा २५ गतेभित्र शिक्षा महाशाखामा पठाउन निर्देशन दिएका छन् ।

सूचनामा भनिएको छ विद्यालयले यसअघि लिएको परीक्ष, विद्यार्थी निरन्तर मूल्यांकन, आन्तरिक मूल्यांकन र अन्य बैकल्पिक विधिबाट विद्यार्थी मूल्यांकनको आधारमा र कक्षा ८ को विद्यार्थीको हकमा विद्यार्थीले प्राप्त गरेको विषयगत प्रयोगात्मक प्राप्तांक (अंकमा) समेत खुलाई तोकिएको एक्सेल सीटमा प्रविष्ट गरी जेठ २५ गतेभित्र शिक्षा महाशाखामा पठाउनुपर्ने छ ।

यसअघि विद्यालयले विद्यार्थी विवरण पठाएकै एक्सेल सीटमा उल्लेख भए बमोजिम विषयगत प्राप्तांक (अंकमा) प्रविष्ट गरी lalitpurmetroedu@gmail पठाउन निर्देशन दिइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा