कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ ।
कांग्रेस नेता गगन थापाका अनुसार एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि देउवालाई अघि सारिएको थापाले बताए ।
राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि नेताहरु शीतल निवास गएको थापाले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।