शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ : महन्थ ठाकुर


  • शुक्रबार, जेष्ठ ७ २०७८
11.3K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस–माओवादी गठबन्धनमा नजाने स्पष्ट पारेका छन् । साथै उनले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा जान नसक्ने पनि बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको आफ्नो पक्षका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् ।

‘हामी त सुरुदेखि नै तटस्थ बस्दै आएका छौँ, अहिलेको पनि अवस्था त्यही छ, ओलीजीको विरोधमा छैनौँ,’ ठाकुरले भने ।

प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्धा बारेमा भएको छलफलबारे जानकारी गराएको बताउँदै उनले आफूहरु प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निर्णयमा पुगेको बताए । ‘मैले ‘होस्टायल न्युट्रालिटी’को कुरा गरेको होइन ‘फ्रेन्डली न्यूट्रालिटी’को कुरा गरेको हुँ,’ उनले भने ।

यसअघि जनता समाजवादी पार्टीले प्रधानमन्त्री पदका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि सारे पनि उनले अस्वीकार गरेका थिए । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईले ठाकुरलाई समर्थन गरेका थिए ।

तर, प्रधानमन्त्री बन्ने सम्भावनाको चर्चा भए पनि ठाकुर आफैले यसप्रति इच्छा देखाएका छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा