शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सक्नेले मेराविरुद्ध अविश्वास प्रस्ताव ल्याऊ न, राष्ट्रपतिमाथि महाअभियोग भन्दै किन हिड्नु ? : प्रधानमन्त्री


  • शुक्रबार, जेष्ठ ७ २०७८
11.1K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने कुरा विपक्षीले गरेको भन्दै आक्रोश पोखेका छन् ।

बालुवाटारमा सम्पादकहरूसँग अन्तरक्रियामा ओलीले भने, ‘कोही राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ भनेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने आक्रोश, कुन्ठा अथवा के हो यो ? राष्ट्रपतिलाई हामीले संविधानमा के अधिकार दिएका छौं ? प्रधामन्त्रीमाथि ल्याऊ न अविश्वास । बहुमत ल्याऊ । सरकार बनाऊ भनेकै छ त ।’

प्रधानमन्त्रीले गर्ने सिफारिसलाई राष्ट्रपतिले सदर गर्ने भन्दै राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रविरुद्धको खेल भएको समेत आरोप लगाए । ओलीले भने, ‘प्रधानमन्त्रीको सिफारिस जे राष्ट्रपति कहाँ जान्छ, त्यो राष्ट्रपतिले सदर गर्ने हो । अनि राष्ट्रपतिमाथिको आक्रोश किन ? यो गणतन्त्रविरुद्धको खेल हो । गणतन्त्रको प्रतिक हो राष्ट्रपति ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा