विपक्षी गठबन्धनको बैठक शुक्रबार अपराह्न तीन बजे फेरि बस्ने भएको छ ।
बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा भेला भएर छलफल गरेका दलहरु दिउँसो तीन बजे फेरि बैठक बस्न लागेका हुन् ।
देउवा निवासमा बसेको बैठकमा सरकारको विकल्पबारे छलफल भएको एक नेताले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको लागि आह्वान गर्नु असंवैधानिक भएको र नयाँ सरकारको विकल्प खोज्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।