शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अब महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाऔं: उपेन्द्र यादव


  • शुक्रबार, जेष्ठ ७ २०७८
11.8K
SHARES

फाइल तस्बिर

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई अब प्रधानमन्त्री बनाएर जानुपर्ने बताएका छन्।
राष्ट्रपतिले आज साँझ ५ बजेभित्र संविधानको धारा ७६ ,५ अनुसार नयाँ सरकार आह्वान बनाउन समय दिएकी छन्।

यस्तो परिस्थितिमा यादवले शुक्रबार बिहान पत्रकारहरु संग आफ्नो धारण राख्दै अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने बताए।

‘अब ठाकुरजीलाई प्रधानमन्त्री बनाउनुपर्छ। हाम्रो पार्टीले उहाँलाई नै अगाडि सार्छ,’ उनले भने, ‘यस विषयमा अरू पार्टीसँग हामी कुराकानी गर्छौं।’

प्रधानमन्त्री बन्न ठाकुर तयार छन् त भन्ने प्रश्नमा उनले भने, ‘मान्नुहुन्छ होला।’

केही दिनअगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा